२०८१ जेठ २ गते | 15th of May 2024

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टोली घोषणा, को–को परे टोलीमा?

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टोली घोषणा, को–को परे टोलीमा?
Sanchar_np प्रकाशित: २०८१ वैशाख १३ गते ११:५६

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा क्यानले १६ सदस्यीय टोली घोषणा गरेको हो।

नेपाली टोलीमा युवा बलर आकाश चन्द पनि परेका छन्। टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल छन्। यस्तै गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा र विवेक यादव पनि टोलीमा छन्।

वेस्ट इन्डिजबाट सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका १२ खेलाडी समेट्दै १५ सदस्यीय टोली नेपाल आइसकेको छ। ५ खेलको टी–२० सिरिज वैशाख १५ गते शनिबारदेखि सुरु हुँदैछ।

नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते , चौथो खेल वैशाख २० गते र पाँचौ तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *