२०८१ जेठ १ गते | 14th of May 2024

टिकटकमार्फत चिनजान, क्यानडा लैजान्छु भन्दै दुबई पुर्‍याएर बेचबिखन

टिकटकमार्फत चिनजान, क्यानडा लैजान्छु भन्दै दुबई पुर्‍याएर बेचबिखन
Sanchar_np प्रकाशित: २०८१ वैशाख १४ गते १३:५०

काठमाडौं। रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै युनाइटेड अरब इमिरेट्स (यूएई) पु¥याई बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–३ घर भई काठमाडौं नागर्जुन नगरपालिका–१ बस्ने फिरोज खाँन भन्ने २६ वर्षीय फरमान हवारी रहेका छन्।

टिकटकको माध्यमबाट चिनजान भएका हवारीले धेरै मानिसहरूलाई क्यानडा पठाईसकेको भनि प्रलोभन देखाउँदै पीडितलाई दुबई (यूएई) पुर्‍याएर बन्धक बनाई राखेको अवस्थामा पीडितको आफन्तको सहयोगमा नेपाल फिर्ता हुन सफल भएका थिए।

घटनामा संलग्न रही फरार रहेका हवारीलाई मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनसँगको समन्वयमा काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

हवारीले क्यानडा जानको लागि ३० लाख रूपैयाँ लाग्ने बताएको, पीडितलाई बिहे गर्ने सम्म प्रलोभन देखाई नेपालमै पटक पटक यौन शोषण गरेको र विभिन्न समयमा ११ लाख २८ हजार रूपैयाँ रकम समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।

उनीविरुद्ध मानवबेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *