२०८१ जेठ २ गते | 15th of May 2024

हैदरावादमाथि चेन्नईको सानदार जित

हैदरावादमाथि चेन्नईको सानदार जित
Chennai Super Kings' captain Ruturaj Gaikwad walks off the field after losing his wicket during the Indian Premier League cricket match between Chennai Super Kings and Sunrisers Hyderabad in Chennai, India, Sunday, April 28, 2024. (AP Photo/R.Parthiban)
Sanchar_np प्रकाशित: २०८१ वैशाख १७ गते १०:३४

काठमाडौं। चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादमाथि सानदार जित निकालेको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नईले हैदरावादविरूद्ध ७८ रनको सानदार जित निकालेको हो।

२१३ रनको लक्ष्य पछ्याएको हैदरावाद १८.५ ओभरमा १३४ रन बनाएर अल आउट भयो। हैदरावादलाई अल आउट गर्ने क्रममा तुसार देशपाण्डेले ४ विकेट लिए।

मुस्ताफिजुर रहमान र मथिशा पाथिरनाले २–२ तथा रविन्द्र जडेजा र शार्दुल ठाकुरले १–१ विकेट लिए। चेन्नईको कसिलो बलिङमा हैदरावादका ट्राविस हेड १३, अभिषेक शर्मा १५, हेनरिच क्लासेन २०, नितिश कुमार रेड्डी १५, अब्दुल शामद १९ र अनमोलप्रीत सिंह शून्य रनमा आउट भए।

ऋजभललबष्–क्गउभच–प्ष्लनक’–क्जष्खबm–म्गदभ–ज्ञठज्ञद्धघछघठढट.वउन
ऐडेन मक्रमले सर्वाधिक ३२ रन बनाए। २६ बल खेलेका उनले ४ चौका प्रहार गरे। घरेलु मैदानमा पहिले ब्याटिङ गरेको चेन्नईले तीन विकेटको क्षतिमा २१२ रनको योगफल तयार पारेको थियो।

त्यसक्रममा कप्तान रूतुराज गायकवाडले ९८ रन जोडे। उनले ५४ बला १० चौका र ३ छक्का प्रहार गरे। त्यस्तै ड्यारिल मिचेलले ३२ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५२ रनको योगदान गरे। ओपनर अजिन्क्य रहाने ९ रनमा आउट भएका थिए।

शिवम् दुवे ३९ र महेन्द्रसिंह धोनी ५ रन बनाएर नटआउट रहे। बलिङमा हैदरावादका भूवनेश्वर कुमार, नटराजन र जयदेव उनाडकटले १र१ विकेट लिए।

जितसँगै चेन्नई अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने हैदारवाद चौथो स्थानमा झरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *