२०८१ जेठ २ गते | 15th of May 2024

इलाम–२ मा ३७ सयको मतान्तरसहित सुहाङ अघि

इलाम–२ मा ३७ सयको मतान्तरसहित सुहाङ अघि
Sanchar_np प्रकाशित: २०८१ वैशाख १७ गते ११:३३

काठमाडौं। इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ३ हजार भन्दा बढीको अग्रता कायम राखेका छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म सुहाङले ११ हजार ९ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार २ सय ७५ मत प्राप्त गरे।

उनीहरुबीचको अन्तर ३ हजार ७ सय ३४ रहेको निर्वाचन आयोगले जनाएको छ।

त्यसैगरी पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमले हालसम्म ५ हजार ८ सय ६९ मत प्राप्त गरेका छन्। यता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १ हजार ५ सय मत प्राप्त गरेका छन्।

शनिबार भएको इलाम २ को उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *