२०८१ जेठ २ गते | 15th of May 2024

बझाङमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, सिंहलाई भण्डारीले उछिने

बझाङमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, सिंहलाई भण्डारीले उछिने
Sanchar_np प्रकाशित: २०८१ वैशाख १७ गते ११:४७

काठमाडौं। बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ।

यसअघि कांग्रेसका उम्मेदवार अभिषेक सिंंहले अग्रता कायम गरेकोमा अहिले उनलाई एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले उछिनेका छन्।

भण्डारीले ९ हजार ८ सय ८९ मत प्राप्त गर्दा सिंहले ९ हजार ८ सय ८० मत प्राप्त गरे। यसरी हेर्दा उनीहरुबीच ९ मतको मात्रै अन्तर देखिन्छ।

यता नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४ सय ५ मत प्राप्त गरेका छन्।

मतगणना जारी रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *