२०८१ जेठ ३ गते | 16th of May 2024

बझाङ १(१) मा एमालेका दमनबहादुर भण्डारी विजयी

बझाङ १(१) मा एमालेका दमनबहादुर भण्डारी विजयी
Sanchar_np प्रकाशित: २०८१ वैशाख १७ गते १३:५७

काठमाडौं। बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा नेकपा एमालेका दमन भण्डारी विजयी भएका छन् ।

कांग्रेसका अभिषेक सिंहलाई २६६ मतले पराजित गर्दै भण्डारी विजयी भएका हुन् ।

एमाले उम्मेदवार दमन भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गर्दा कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरे ।

माओवादीका जनक बुढाले ३ हजार ८ सय ३१ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत ल्याएका छन् । शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो ।

०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो  ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *