२०८१ जेठ ८ गते | 21st of May 2024

‘ह्याप्पी पटेल’ मार्फत कमब्याक गर्दै इमरान

‘ह्याप्पी पटेल’ मार्फत कमब्याक गर्दै इमरान
Sanchar_np प्रकाशित: २०८१ वैशाख १८ गते १७:३५

काठमाडौं। फिल्म ‘जाने तु या जाने ना’ बाट बलिउडमा पाइला चालेका अभिनेता आमिर खानका भान्जा इमरान खान ९ वर्षपछि अभिनयमा कमब्याक गर्ने भएका छन्।

पछिल्लो पटक सन २०१५ मा रिलिज फिल्म ‘कट्टी बट्टी’मा अभिनय गरेका इमरान मामा आमिरको फिल्म ‘ह्याप्पी पटेल’बाट अभिनयमा कमब्याक गर्न लागेका हुन्। फिल्ममा वीर दासको निर्देशन रहनेछ।

इमरानले फिल्मको सुटिङ सुरु गरेका छन्। उनले गोवाबाट फिल्मको काममा जोडिएका हुन्। फिल्ममा इमरानसँगै मोना सिंहको पनि अभिनय रहनेछ। कमेडी जन्राको फिल्ममा इमरानले ‘ह्याप्पी पटेल’को भूमिका निभाउनेछन्।

वीर दासको यो डेब्यू निर्देशन फिल्म हो। फिल्म आमिरकै प्रोडक्सन हाउसले निर्माण गर्दैछ। फिल्ममा आमिरको केमियो भूमिका हुने भनिए पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *