२०८१ जेठ ५ गते | 18th of May 2024

सुदूरपश्चिमः एमालेको अडानले धकेलिँदै मुख्यमन्त्रीको विश्वासको मत, बालकोटमा ओलीले के भने?

सुदूरपश्चिमः एमालेको अडानले धकेलिँदै मुख्यमन्त्रीको विश्वासको मत, बालकोटमा ओलीले के भने?
Sanchar_np प्रकाशित: २०८१ वैशाख २३ गते ११:१५

काठमाडौं। सुदूरपश्चिम प्रदेश सभाका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको २ बैठक स्थगित भए।

वैशाख २१ गते शुक्रबार साँझ ५ बजेका लागि बैठक आह्वान गरिएको थियो। सोही दिन मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारीमा थिए।

तर सत्तारुढ दल नेकपा एमालेले आन्तरिक छलफल नगरी विश्वासको मतका लागि हतार नगर्न भनेपछि बैठक स्थगित भयो। शनिबारका लागि पनि विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइए पनि एमालेकै कारण बैठक स्थगित हुन पुगेको थियो।

आवश्यक छलफल नगरी मुख्यमन्त्रीलाई तत्काल विश्वासको मत नदिने मनस्थितीमा रहेको एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग समेत छलफल गरेको छ।

शनिबार काठमाडौं आएका सुदूरपश्चिम एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले ओली निवास बालकोट पुगेर ओलीलसँग भेटेको थिए। भेटका क्रममा ओलीले पनि हतारमा विश्वासको मत नदिन निर्देशन दिएका थिए।

हतारमा विश्वासको मत दिन नसकिने अध्यक्ष ओलीको धारणा रहेको रावलले न्यूजगृहसँग बताए। त्यस्तै आफूहरुले साथ दिइरहँदा मुख्यमन्त्रीले हतारिएर विश्वासको मत लिनका लागि मरिहत्ते गर्नुको औचित्य नरहेको बताए।

‘हामीले सो विषयमा पार्टी अध्यक्षसँग कुरा राख्यौँ, उहाँले पनि हतारमा विश्वासको मत दिन नसकिने बताउनुभएको छ,’ उनले भने, ‘हामीले साथ दिएकै छौँ, समर्थन गरेकै छौँ, विश्वासको मत दिनेनै छौँ, तर मुख्यमन्त्रीले विश्वासको मतका लागि हतार गर्नुको औचित्य देखिँदैन।’

त्यस्तै गत वैशाख १५ गते बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनबाट निर्वाचित एमालेका दमन भण्डारीको शपथग्रहणपछि मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत दिने रावलले बताए।

भण्डारी पितृशोकमा रहेका छन्। जसका कारण उनले हालसम्म शपथग्रहण समेत गर्न पाएका छैनन्। उनले शपथग्रहण गरेपछि मात्रै थप एक सिट बढाएर विश्वासको मत दिने भन्दै एमालेले अडान राख्दै आइरहेको छ।

सोडारी गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन लागेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *