२०८१ जेठ ५ गते | 18th of May 2024

जापानका विदेशमन्त्री योकोले गरे वसन्तपुर क्षेत्रको अवलोकन (तस्बिरहरु)

जापानका विदेशमन्त्री योकोले गरे वसन्तपुर क्षेत्रको अवलोकन (तस्बिरहरु)
Sanchar_np प्रकाशित: २०८१ वैशाख २३ गते १५:५७

काठमाडौं। आइतबार नेपालको एक दिने भ्रमणमा काठमाडौं आइपुगेका जापानका विदेशमन्त्री कामिकावा योकोले वसन्तपुर क्षेत्रको अवलोकन गरेका छन्।

उनले दिउँसो दुई बजे अवलोकनका लागि वसन्तपुर क्षेत्र पुगेका थिए।

त्यहाँ उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गर्दै करिब आधा घण्टा बिताएका थिए।

अवलोकनपछि उनले बुद्धको मूर्ति खरिद गरे।

जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो।

भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

विदेशमन्त्री कामिकावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ।

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्।

विदेशमन्त्री योको भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

जापानका विदेशमन्त्री योको हनुमानढोका दरबार क्षेत्रमा
काठमाडौँ, २३ वैशाख ः नेपालको औपचारिक भ्रमणमा रहनुभएकी जापानका विदेशमन्त्री खामिखावा योको आइतबार विश्व सम्पदा सुचिमा सुचिकृत हनुमानढोका दरबार क्षेत्रको अवलोकन गर्दै ।तस्बिर ः हरिराम भेटुवाल÷रासस

काठमाडौँ, २३ वैशाख :
जापानका विदेशमन्त्री खामिखावा योको आइतबार विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको अवलोकन गर्दै । तस्बिर: हरिराम भेटुवाल/रासस
जापानका विदेशमन्त्री खामिखावा योको नेपाल भ्रमणका लागि आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउनुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *