
आखिर आम नागरिकले खोजेकै यस्तै सहजता एवम् छिटो छरितोपन हो । आजसम्म ५ औ पटक लाईसेन्स रिन्यू गर्नका लागि गए तर यति छिटो छरितो, सहज र विना झन्झट काम भएको थिएन । यो सरकारले गरेको परिवर्तन हो या सवै भिडभाड कम गएको वेला परेर कार्य छिटो भएको संजोग हो ! मिति २०८३ साल असार ९ गते दिनको १४.०५ मा यातायात कार्यालय एकान्तकुनामा लाईसेन्स रिन्यूका लागि पुगेको थिए, म भन्दा अगाडी पनि ४/५ जना क्यू मै हुनुहुन्थ्यो तर लगातार एउटै सिधाईमा रहेका फाटहरुबाट काम भने फटाफट भईरहेको थियो, पहिले पहिलेको जस्तो बिच बिचमा घुस्ने दलालहरु भने कोही पनि थिएनन् । मेडिकल चेकजाँच गरेको १७५ र राजश्व २००० गरी २१७५ खर्च भयो र २८ मिनेट भित्रै सम्पूर्ण कामहरु सकिएर म कार्यालय फर्किए ।
यस प्रकारको सेवा देखेर धेरै खुशी लाग्यो अनि मन मनै लाग्यो हामी जस्ता सचेत नागरिकहरुले गल्ती भएको ठाउमा गल्ती औल्याउनु पर्छ भने राम्रो कार्य भएको ठाउमा राम्रो कामको प्रशंसा पनि गर्नु पर्छ भन्ने सोचेर एकजना भाईलाई यातायात कार्यालय एकान्तकुनाकै गेटमा बसेर यो फोटो खिच्ने भाई लगायत त्यसरी कार्य सरासर गर्ने नेपाल सरकारका कर्मचारीहरुलाई पनि धन्यवाद दिए ।
यहाँ मात्र होईन यस्तै प्रकारले हरेक ठाउहरुमा कार्यहरु गर्न सहज हुने हो भने यहि नै हो जनताले चाहेको परिवर्तन ता कि जनतालाई नै खाने गाँस र लगाउने कपास सरकारले जुटाईदिनु पर्ने भने होईन !




























