२०८१ साउन १२ गते | 27th of July 2024

सिरियाको जेलमा आक्रमण, कम्तीमा १२० जनाको मृत्यु

सिरियाको जेलमा आक्रमण, कम्तीमा १२० जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते ८:२२

सिरियामा अमेरिका समर्थित कुर्दिस फोर्स र आईएसबीचको युद्धमा कम्तीमा १२० जनाको मृत्यु भएको छ । अल जाजिराका अनुसार सिरियाको जेलमा भएको आक्रमणपछि दुई पक्षबीच युद्ध सुरु भएको हो ।
हेसाकेह सहरमा रहेको जेलमा सो आक्रमण भएको हो । बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार ७७ आईएसका लडाकु र ३९ कुर्दिस लडाकुको मृत्यु भएको छ ।
जसमा आन्तरिक सुरक्षाकर्मी, जेलका सुरक्षाकर्मी र आतंकवादविरोधी सुरक्षा बल पनि रहेका छन् । यो युद्ध गत बिहीबारदेखि सुरु भएको हो ।
युद्धमा थप सातजना आम नागरिक मारिएका छन् । जेलमा भएको आक्रमणपछि भागेका ११० कैदीहरु पुनः समातिएको कुर्दिसको नेतृत्वमा रहेको सिरियन डेमोक्रेटिक फोर्सले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights