२०८१ साउन १२ गते | 27th of July 2024

युद्धविराम गर्न रुसलाई युक्रेनी राष्ट्रपतिको अपिल

युद्धविराम गर्न रुसलाई युक्रेनी राष्ट्रपतिको अपिल
Sanchar_np प्रकाशित: २०७८ फागुन १३ गते ६:२८

बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई युद्धविराम गर्न अपिल गरेका छन् । युक्रेनी समयअनुसार बिहान साढे सात बजे भिडियो सम्बोधन गर्दै युक्रेनी र रुसी दुवै भाषामा यस्तो अपिल गरेका हुन् ।

“कसरी शत्रुत्रा अन्त्य गर्ने र यो आक्रमण रोक्ने बारेमा ढिलोचाँडो रुसले हामीसँग कुरा गर्नैपर्छ,” उनले भने । “जति चाँडो कुराकानी सुरु हुन्छ, रुसको क्षति कम हुनेछ ।” उनले आक्रमण नरोकिएसम्म आफ्नो देशको रक्षा गर्ने बताए ।

गएराति उनले राजधानीमा तीव्र आक्रमणको चेतावनी दिएका थिए । उनले राजधानी छाड्ने कुनै मनसाय नभएको र आफू रुसको नम्बर एक निसाना भएको थाहा भएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights