२०८१ साउन १२ गते | 27th of July 2024

रुसी आक्रमण दोस्रो दिन : के छ युक्रेनको अवस्था ?

रुसी आक्रमण दोस्रो दिन : के छ युक्रेनको अवस्था  ?
Sanchar_np प्रकाशित: २०७८ फागुन १३ गते ६:५१

युक्रेनमा रुसी आक्रमण भएको करिब २४ घण्टा बितिसकेको छ । युद्धमा हालसम्म १३७ युक्रेनीको मृत्यु भइसकेको छ भने ३१६ जना घाइते भएका छन् ।
जसमा युक्रेनी सैनिकसँगै सर्वसाधारण पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

राजधानी किभ लगायत युक्रेनका विभिन्न भागबाट ठूलो संख्यामा मानिसहरुले देश छाडिरहेका छन् । यसैबीच, रुसी आक्रमणको जवाफ दिँदै आएको युक्रेन सरकारले १८ देखि ६० वर्ष उमेर समूहका मानिसहरूलाई आफ्नो देश छोड्न प्रतिबन्ध लगाएको छ । रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको शुक्रवार दोस्रो दिन हो।

पहिलो दिन युक्रेनमा २०३ वटा आक्रमण भएको रुसले जनाएको छ जसमा रुसले युक्रेनमा १६० मिसाइल प्रहार गरेको बताएको छ। राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत कैयौँ मुख्य शहरमा भएका प्रदर्शनहरूका क्रममा अहिलेसम्म १,७०० जनालाई पक्राउ गरिएको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेना राजधानी कीभमा प्रवेश गरेको बताएका छन्। राजधानी किभमा बिहीबार राति १० बजेदेखि बिहान ७ बजेसम्म रात्रि कर्फ्यु लगाइएको छ ।

त्यहाँ प्रत्यक्षदर्शीले रातभरि विस्फोट र हवाई आक्रमणको साइरन सुनेको बताएका छन् । मानिसहरूलाई बत्तीहरू निभाउन र पर्दा लगाउन समेत आग्रह गरिएको थियो। रुसले युक्रेनको स्नेक आइल्याण्डमा समेत कब्जा गरेको छ ।
रुसी सेनाले चेरनोबिल न्यूक्लिएर प्लान्ट र किभ नजिक रहेको युक्रेनी एयरबेस पनि रुसको कब्जामा छ । हवाई आक्रमणका कारण यहाँका भवनहरु ध्वस्त भएका छन् ।

रुसी विमान एन्टोनोभ–२६ युक्रेन नजिकै भोरोनेज क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । यो विमानले उपकरण ढुवानी गरिरहेको रुसले जनाएको छ । विमानका चालक दलका सदस्यको मृत्यु भएको छ । तीमध्ये कति थिए रुसले भने बताएको छैन। हाल रुसको राजधानी मस्कोमा सयौं रुसी नागरिकहरु प्रदर्शनमा उत्रिएका छन् ।
साथै भारतले पोल्याण्ड हुँदै आफ्ना नागरिकहरुलाई देश फर्काउने निर्णय गरेको दैनिक भास्करले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights