२०८१ साउन १२ गते | 27th of July 2024

युक्रेनमा सेना पठाउँदैनौं, आफ्नो युद्ध आफैं लड्नुपर्छ : अमेरिका

युक्रेनमा सेना पठाउँदैनौं, आफ्नो युद्ध आफैं लड्नुपर्छ : अमेरिका
Sanchar_np प्रकाशित: २०७८ फागुन १३ गते ८:२६

अमेरिकाले युक्रेनमा आफ्नो सेना नपठाउने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । रुसले युक्रेनमा आक्रमण थालेको अवस्थामा युक्रेनको सहयोगका लागि अमेरिकाले आफ्ना सेना नपठाउने बाइडेनको भनाइ रहेको छ ।

रुस–युक्रेन द्वन्द्वको विषयमा बाइडेनले भनेका छन्,‘हाम्रो सेना आज पनि त्यो द्वन्द्वको हिस्सा छैन र पछि पनि त्यसमा भाग लिनेछैन।’
युक्रेन आफैंले उसको युद्ध लड्नुपर्ने बताउँदै बाइडेनले नेटोसम्म रुसी आक्रमण आइपुुगेको खण्डमा भने अमेरिका चुप नबस्ने उनको भनाइ।
‘हाम्रा सेनाहरु युरोपमा युक्रेनलाई सहयोग गर्न जाँदैनन् तर युक्रेन बाहिर नेटोसम्म रुसी आक्रमण भए अमेरिका युद्धको लागि तयार हुुन्छ’ उनले भने ।

यसअघि अमेरिकाले युक्रेनलाई आक्रमण गरे रुसमा कडा प्रतिबन्ध लगाउने बताएका थिए। हाल अमेरिका र उसका सहयोगीले रुसमाथि आर्थिक प्रतिबन्धको घोषणा पनि गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights