
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर ढल्ने गरी र इज्जत तल झर्ने गरी कुनै काम नगर्ने प्रतिबद्धता जनाएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा संयुक्त राष्ट्रसङ्घको महासभा बैठक र त्यहाँ हुने छलफलबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा आफूले नेपालको इज्जत तल झर्ने र नेपालको शिर निहुरिने कुनैपनि काम नगर्ने प्रतिबद्धता जनाएका हुन्।
‘म नेपालको शिर ढल्ने गरी, नेपालको इज्जत तल पर्नेगरी, नेपालको कुनैपनि हिसाबले प्रभाव, प्रतिष्ठा, सरोकार तल नपर्नेगरी काम गर्दिन,’ प्रधानमन्त्रीले भने।
उनले आफूहरूले गर्ने राजनीति देश र जनताका लागि भएको भन्दै भोलिका लागि केही नगर्ने हो भने धर्ती बाँझो हुने बताए।







































