
बझाङ। बझाङमा ट्याक्टर दुर्घटना भएको छ।
दुर्गाथली गाउँपालिकाको झनाना बजार नजिकै आज बिहान ट्याक्टर दुर्घटना हुँदा सेतीमा खसेर २ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको हो।
पाँच जना सवार ट्याक्टरबाट तीन जना हामफालेर जोगिएका छन् भने दुई जना ट्याक्टरसँगै सेतीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। हामफाल्दा घाइते भएका तीन जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै छ।





























