जोडिनुहोस

देश

कस्तो छ आजको मौसम?

  • Avatar of Sanchar NP
    Sanchar NP
  • बुधबार, साउन १३, २०८३
कस्तो छ आजको मौसम?

काठमाडौं। देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको न्यूनचापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जसकाकारण देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ।

महाशाखाका मौसमविद् सुदर्शन हुमागाईंकाअनुसार आज मनसुनको सामान्य प्रभाव रहे पनि भोलि शुक्रबार वर्षाको सम्भावना रहेको छ। ’आज उल्लेखनीय वर्षाको सम्भावना छैन, भोलि शुक्रबार कोशी, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ उनले भने।

आज काठमाडौंको अधिकतम तापक्रम ३१ डिग्रीसेल्सियस रहनेछ। उपत्यकामा हल्का वर्षाको पनि सम्भावना रहेको छ। मौसम बुलेटिनअनुसार आज देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिकदेखि मुख्यतया सफा रहनेछ।

कोशी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा कोशी र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यमवर्षाको सम्भावना रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका