जोडिनुहोस
  • होमपेज
  • एन्फा एकेडेमीका दुई युवा खेलाडीको पशुपतिमा अन्त्येष्टि

एन्फा एकेडेमीका दुई युवा खेलाडीको पशुपतिमा अन्त्येष्टि

काठमाडौं। वर्षाका कारण आएको पहिरो परि मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडीको अन्तिम संस्कार गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनीहरूको स–सम्मान अन्त्येष्टि गर्ने व्यवस्था मिलाएको हो । सोमबार दिवङ्गत दिवस बानिया र प्रियंस आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

अनुपम घलान, साइमन योन्जन र विकल रेग्मीको पार्थिव शरीरलाई हेलिकप्टरमार्फत गृह जिल्ला मकवानपुर पठाइएको बताइएको छ । आदित्य बलम्पाखीको पार्थिव शरीरलाई हेलिकप्टर मार्फत लालबन्दी १७ रानिगञ्ज सर्लाही पठाउने तयारी गरिएको छ ।

असोज ११ र १२ गते पहिरोमा परी दिवस बानियाँ, प्रियंस आचार्य, अनुपम घलान, साइमन योन्जन, विकल रेग्मी र आदित्य बलम्पाखीको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका