जोडिनुहोस
  • होमपेज
  • कौडा खेलिरहेको अवस्थामा काठमाडौंबाट २९ जना जुवाडे पक्राउ

कौडा खेलिरहेको अवस्थामा काठमाडौंबाट २९ जना जुवाडे पक्राउ

काठमाडौं। काठमाडौंका दुई स्थानबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित रामशरण पाण्डेको त्रिपुरा सुन्दरी होटल एण्ड लजमा जुवा (कौडा) खेलिरहेको अवस्थामा काभ्रे तेमाल गाउँपालिका ६ घर भई काठमाडौं बौद्ध बस्ने २८ वर्षीय सोमबहादुर तामाङसमेत १३ जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई ५ लाख ६ हजार रुपैयाँ, ४५ थान कौडा र ४ थान मोबाइल सहित पक्राउ गरेको हो। यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–९ सनसिटी लाइफ बेकरीस्थित अनिता राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा भक्तपुर चाँगुनारायण नगरपालिका २ घर भएका ४२ वर्षीय नवराज श्रेष्ठ समेत १६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई ६ लाख ४२ हजार ५ सय रुपैयाँ, २२ थान मोबाइल र १७ थान कौडा सहित पक्राउ गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका