जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति पौडेलले बाढीपहिरो पीडितका लागि एक महिनाको तलब सुविधा उपलब्ध गराउने

राष्ट्रपति पौडेलले बाढीपहिरो पीडितका लागि एक महिनाको तलब सुविधा उपलब्ध गराउने

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बाढीपहिरो पीडितलाई राहतका लागि स्थापना भएको दैवी प्रकोप राहत कोषमा एक महिनाको तलब सुविधा उपलब्ध गराएका छन् ।

यसैगरी, उनका विज्ञ सल्लाहकारहरूले एक हप्ताको तलब सुविधा प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ अनुसार राष्ट्रपतिको मासिक पारिश्रमिक एक लाख ५० हजार ४५० रुपैयाँ हुन्छ । असोज १० देखि १२ गतेसम्म आएको अविरल वर्षापछि निम्तिएको विपद्ले ठूलो जनधनको क्षति भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका