जोडिनुहोस
  • होमपेज
  • हनुमन्ते खोलामा जलसतह बढ्दो, सतर्कता अपनाउन आग्रह

हनुमन्ते खोलामा जलसतह बढ्दो, सतर्कता अपनाउन आग्रह

काठमाडौं। काठमाडौं उपत्यकासहित बागमती, कोशी र गण्डकी प्रदेशमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार भक्तपुर जिल्लास्थित हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह नजिक पुगेको छ।

त्यस्तै हनुमन्ते खोलाको जलसतह बढ्दै गएकाले तटीय क्षेत्रमा रहने सबैलाई बिहीबार दिउँसोसम्मै सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका एकदुई स्थानमा आज दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ। कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

आज राति भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

कोशी र बागमतीमा भारी वर्षाको सम्भावनाले गर्दा गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका