जोडिनुहोस
  • होमपेज
  • वैकल्पिक ट्रयाक खोलेर मन्थली–काठमाडौं आवतजावत

वैकल्पिक ट्रयाक खोलेर मन्थली–काठमाडौं आवतजावत

मन्थली। मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौंसम्मका लागि सडकमार्गको आवागमन बुधबार साँझबाट खुलेको छ ।

गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको बाढीले किर्नेटार हाइड्रोपावर नजिक तामाकोसी नदीले कटान गरेको थियो । पाँच दिनपछि अस्थायी रूपमा किर्नेटारमा रहेको खिम्ती प्रोजेक्ट स्कुलको बीच भाग हुँदै नेपाली सेनाको क्याम्प क्षेत्रको भित्री भागबाट ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइएको हो ।

रामेछापको मन्थलीबाट दोलाखाको किर्नेटार–चरिकोट–मुडे हुँदै सिन्धुपाल्चोकको खाडीचौर हुँदै काठमाडौं आवतजावत गर्ने गरिन्छ । वर्षाका कारण सुनकोसीको बाढीले सिन्धुलीको खुर्कोटस्थित पुल बगाएपछि र दोलखाको किर्नेटारको बाटो तामाकोसीले कटान गरेपछि मन्थली–काठमाडौं आवागमन शनिबारदेखि अवरुद्ध थियो ।

काठमाडौंबाट नेपालथोक हुँदै खुर्कोटको पुल तरेर मन्थली जान १२६ किमी पार गर्नुपर्थ्यो भने यस मार्गमार्फत यात्रा गर्दा मन्थली–काठमाडौंका लागि २०० किलोमिटर यात्रा गर्नुपर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?