जोडिनुहोस
  • होमपेज
  • इलाम, झापा, मोरङ र सुनसरीमा धेरै वर्षा, सतर्क रहन आग्रह

इलाम, झापा, मोरङ र सुनसरीमा धेरै वर्षा, सतर्क रहन आग्रह

काठमाडौं। कोशी प्रदेशमा गएरातिदेखि नै धेरै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

पछिल्लो ६ घण्टामा इलाम, झापा, मोरङ र सुनसरीमा धेरै वर्षा भएकोले त्यस आसपास भइ बहने नदी तथा खोलामा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

साथै पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र आसपासका जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान गरिएको छ। यी क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

उदयपुर, रामेछाप, सिन्धुली, मकवानपुर, सप्तरी, सिरहा, धनुषा, गोरखा, नुवाकोट, धादिङ, कास्की, लमजुङ र आसपासका जिल्ला भई बहने केही ससाना नदीमा पनि बहाव बढ्ने पूर्वानुमान छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका