
काठमाडौं। पछिल्लो २४ घण्टामा सडकमार्गका विभिन्न नाका हुँदै १० हजार ३७० सवारिसाधन काठमाडौं उपत्यका भित्रिएका छन्।
ती सवारिसाधनमार्फत ५२ हजार २५४ यात्रु काठमाडौं उपत्यका भित्रिएका ट्राफिक प्रहरीले जनाएको छ। बिहीबार बिहान ८ बजेसम्मको ट्राफिक प्रहरीको विवरणअनुसार, उक्त अवधिमा काठमाडौं उपत्यकाबाट ११ हजार २२१ सवारिसाधन बाहिरिएका छन्।
ती सवारिसाधन मार्फत ६१ हजार २८५ यात्रु उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरीले जानकारी गराएको छ।





























