
बाजुरा। जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी एक किशोरीको हेलिकप्टरबाट उद्धार गरिएको छ।
जिल्लाको बूढीनन्दा नगरपालिका–९ की १५ वर्षीया किशोरीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी रूपक मण्डलका अनुसार गर्भवतीको स्वास्थ्यस्थिति जटिल भएपछि जिल्ला अस्पतालले उनलाई सुविधासम्पन्न अस्पतालमा लैजान ‘रेफर’ गरेको हो।
हाडनाताकरणीको अभियोगमा किशोरीका मामालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।









































