जोडिनुहोस
  • होमपेज
  • विपदबाट बढी प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

विपदबाट बढी प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

काठमाडौं। राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले बाढी, पहिरो र डुबानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपद सङ्कटग्रस्त घोषणा गर्न सिफारिस गरेको छ।

गृहमन्त्री रमेश लेखक नेतृत्वको उक्त समितिको शुक्रबार बसेको बैठकले १४ जिल्लाका विभिन्न पालिकालाई विपद सङ्कटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेको हो।

सम्भवत शुक्रबार नै बस्ने मन्त्रिपरिषद् बैठकले कार्यकारी समितिको सिफारिस अनुसार विपद प्रभावित स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने प्राधिकरण स्रोतको भनाइ छ।

पाँचथर, ओखलढुङ्गा, उदयपुर, सर्लाही, रौतहट, सिन्धुली, मकवानपुर, चितवन, ललितपर, सिन्धुपाल्चोक, धादिङ, दोलखा, रामेछाप र काभ्रे जिल्लाका स्थानीय तहलाई सङ्कटग्रस्त घोषणा गर्न सिफारिस गरिएको प्राधिकरण स्रोतको भनाइ छ।

ती स्थानीय तहलाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका