जोडिनुहोस
  • होमपेज
  • सरकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान खुशी

सरकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान खुशी

काठमाडौं। चाडपर्व शुरू भएका बेला सरकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान खुशी भएका छन् । सरकारबाट अनुदान पाउने कुनै आशा–भरोसा नभएका बेला रकम पाएपछि आफूहरू खुशी भएको बर्दिबास नगरपालिका–९ पशुपतिनगरका किसान रामविनोद महतोले बताए ।

आर्थिक वर्ष २०८०/८१ मा गौशाला नगरपालिका–१ मा रहेको एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजलाई उखु बेचेका किसानले अनुदानबापतको रकम पाएका हुन् । उद्योगलाई गएको वर्ष उखु बेचेका १४ हजार चार सय ४४ जना किसानका खातामा उनीहरूले बुझाएको उखुको परिमाणअनुसार प्रतिक्विण्टल ७० रुपैयाँका दरले अनुदान रकम दिइएको छ । सबै किसानले गरेर २० करोड ३३ लाख १५ हजार ८ सय ११ रुपैयाँ पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका