जोडिनुहोस
  • होमपेज
  • निगमको न्यारोबडी जहाजले फूलपातीका दिन काठमाडौं–भैरहवा उडान गर्ने, भाडा ७ हजार रुपैयाँ

निगमको न्यारोबडी जहाजले फूलपातीका दिन काठमाडौं–भैरहवा उडान गर्ने, भाडा ७ हजार रुपैयाँ

काठमाडौं । नेपाल वायुसेवा निगमले दशैंलाई मध्यनजर गर्दै काठमाडौं-भैरहवा-काठमाडौं उडान गर्ने भएको छ ।

दशैंको फूलपातीको दिन (असोज २४) निगमको A320 जहाजबाट काठमाडौं-भैरहवा-काठमाडौं उद्दार उडान गर्ने निगमले आज एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।

चाडपर्वको समयमा राजमार्गहरु बाढी तथा पहिरोले क्षतिग्रस्त हुँदा स्थल आवागमनमा कठिनाई भएका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको निर्देशन अनुसार यस्तो व्यवस्था गरिएको बताइएको छ ।

यात्रुहरुले निगमको आन्तरिक बिक्रि कार्यालय, निगमको Website (www.nepalairlines.com.np) वा आफ्नो मोबाइलबाट समेत Online Ticket लिन सकिने व्यवस्था रहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।

यस्तो छ उडान तालिका: 

viberimage20241007155859184 1728297357

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका