जोडिनुहोस
  • होमपेज
  • अर्थतन्त्र सुधारमा राय दिन पूर्व अर्थसचिव खनाल नेतृत्वमा आयोग गठन

अर्थतन्त्र सुधारमा राय दिन पूर्व अर्थसचिव खनाल नेतृत्वमा आयोग गठन

काठमाडौं। सरकारले मुलुकको अर्थतन्त्रको समग्र सुधारको रायसहित प्रतिवेदन पेस गर्न आयोग गठन गरेको छ ।

सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले उक्त जानकारी दिएका हुन्। उनका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व अर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ ।

‘मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारका लागि रायसहित प्रतिवेदन पेस गर्न पूर्वसचिव रामेश्वर खनालको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक सुधार आयोग गठन गर्ने निर्णय गरिएको छ,’ मन्त्री गुरुङले भने ।

निजी क्षेत्रले लामो समयदेखि एक उच्चस्तरीय आयोग गठनको माग गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका