जोडिनुहोस
  • होमपेज
  • दसैँ र तिहारका लागि वालेटमा रकम जम्मा गर्न पाइने सीमा बढ्यो

दसैँ र तिहारका लागि वालेटमा रकम जम्मा गर्न पाइने सीमा बढ्यो

काठमाडौं। दसैँ र तिहारका लागि वालेटमा रकम जम्मा गर्न पाउने सीमा बढेको छ। भुक्तानी प्रदायकहरूले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायी रुपमा वृद्धि गरिएको जानकारी राष्ट्र बैंकले परिपत्र मार्फत दिएको हो।

यसअघि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था थियो। दसैँको अवसरमा उक्त सीमा परिमार्जन गरेर एक दिनमा बढीमा ३० पटकसम्म रकम जम्मा गर्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

यो व्यवस्था यही असोज २१ देखि कात्तिक १ गतेसम्म र कात्तिक १५ देखि २२ देखिसम्मका लागि हो। ‘प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकोमा वडा दसैँ र तिहारको अवसरमा उल्लिखित मितिभित्र प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढिमा ३० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गर्नुपर्ने छ,’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ।

उपरोक्त समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम नियमित रुपमा आफूलाई जानकारी दिन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका