जोडिनुहोस
  • होमपेज
  • पाक्न लागेको धानखेतीमा ठूलो क्षति, किसान चिन्तामा

पाक्न लागेको धानखेतीमा ठूलो क्षति, किसान चिन्तामा

सप्तरी। पाक्न लागेको धान बाढीले ध्वस्त गर्‍यो। पचास बिघाभन्दा बढी खेत यतिबेला बाढीले बगाएर ल्याएको बालुवाले भरिएको छ ।

सप्तरी कञ्चनरुप नगरपालिका–११ का पूर्व वडा सदस्य कैलु चौधरीले पाक्न लागेको धानबालीमा बाढीले क्षति गरेपछि दसैँको मुखमा किसानको चिन्ता थपिएको छ । उनले स्थानीय राय खोलाले बेङ्गरि क्षेत्रमा रहेका धानखेतीमा ठूलो क्षति गरेको बताए ।

“राय खोलाको बाँध भत्किँदा ६० भन्दा बढी किसानको खेतीयोग्य जग्गामा बालुवा भरिएको छ”, उनले भने, “जसका कारण उनीहरू ठूलो आर्थिक क्षति व्यहोर्नु परेको छ ।”

उनका अनुसार यहाँका किसानले यो समस्या तीन वर्षदेखि झेल्दै आएका छन् । यसबारे पटक पटक नगरपालिका र सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएको उनको भनाइ छ ।

स्थानीय गोसाइ चौधरीले आफ्नो १२ कठ्ठा जग्गा बालुवाले पुरिएको बताए । “पाँचदेखि छ मनसम्मको उत्पादन हुने खेत बगरमा जस्तै भएको छ । अहिले हामीले खेती गर्न सक्ने अवस्था छैन ।”

यहाँका स्थानीयको आयको प्रमुख स्रोत खेती नै हो । स्थानीय सरकारले यस विषयमा उचित पहल नगरेको कारण किसान निराश बनेको स्थानीय समाजसेवी भोला पासवानले बताए । यस क्षेत्रमा समयमै समस्याको समाधान गर्न नसकिएकाले कृषि क्षेत्रको उत्पादनमा असर परेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका