जोडिनुहोस
  • होमपेज
  • रहेनन् गीतकार विश्व बल्लभ

रहेनन् गीतकार विश्व बल्लभ

काठमाडौं। गायिका अरुणा लामाले गाएको चर्चित गीत ‘भाग्यले खुसी खोसेर लग्यो’ लगायत चर्चित गीतका रचनाकार वरिष्ठ गीतकार विश्व बल्लभको बुधबार बिहान निधन भएको छ।

गत असोज १४ गते मस्तिष्कघात भइ माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा बल्लभको निधन भएको हो।बल्लभको निधनबारे वरिष्ठ गीतकार तथा कवि दिनेश अधिकारी तथा राजेन्द्र थापाले समेत सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्।

यसैबीच, बल्लभकी कान्छी छोरी भावना खुलालले ८० वर्षको उमेरमा बाबाको निधन भएको बताइन्। टेलिफोन सम्पर्कमा सङ्क्षिप्त कुरा गर्दै उनले भनिन्, ‘जीवनभर सञ्चार, गीत तथा साहित्य क्षेत्रमा योगदान पु–याउनु भएका प्रेरणाका स्रोत बाबालाई गुमाउनु परेको छ।’ उनी वरिष्ठ साहित्यकार इश्वर बल्लभका सहोदर भाइ हुन्।

लामो समय रेडियो नेपालमा जागिरे जीवन बिताएका बल्लभका रचना रहेको अरुणा लामाले गाएका भाग्यले खुसी खोसेर लग्यो, तारादेवीको स्वरमा रहेको शुभकामना, अमन तण्डुकारले स्वर दिएको धेरै दिन भो तिम्रो झझल्को लगायत दर्जनौँ गीत रेकर्ड भएका छन्। उनले वर्षौ रेडियो नेपालको चर्चित कार्यक्रम फूलबारी सञ्चालन समेत गरेका थिए ।

कवि तथा गीतकार दिनेश अधिकारीले आफ्नो पुस्तक तस्बिरको कथामा तीन बल्लभका बारेमा उल्लेख गरेका छन्। जसमा ईश्वर बल्लभ, विश्व बल्लभ र शक्ति बल्लभको बारेमा रोचक प्रसङ्ग जोडेका छन्। तीन जना बल्लभलाई एकै ठाउँमा भेला पारेर २०५६ सालमा पोखरामा खिचेको तस्बिर उक्त पुस्तकमा समेटेको अधिकारीले बताए।

बल्लभको निधन प्रति अधिकारीले गीत सङ्गीत क्षेत्रमा अपुरणीय क्षति भएको प्रतिक्रिया दिए । उनका श्रीमती हरिदेवीको दुई वर्ष पहिले क्यान्सर रोगबाट निधन भएको थियो। उनका दुई छोरी विजया र भावना हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका