जोडिनुहोस
  • होमपेज
  • धौलागिरिमा ज्यान गुमाएका रुसी पर्वतारोहीको शव काठमाडौं ल्याइयो

धौलागिरिमा ज्यान गुमाएका रुसी पर्वतारोहीको शव काठमाडौं ल्याइयो

काठमाडौं। धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रुसी पर्वतारोहीको शव सङ्कलन गरेर आज काठमाडौं ल्याइएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिएका उनीहरूको शव आज सङ्कलन गरी हेलिकप्टरमार्फत काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत श्रेष्ठले जानकारी दिए ।

एअर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समिट ट्रेकका सञ्चालक मिङ्मा शेर्पासहितको पाँज जना शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए । काठमाडौं ल्याइएका शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

रुसका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव गएको २३ गते दिउँसो भेटिएको थियो । हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेका शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका