जोडिनुहोस
  • होमपेज
  • निलम्बित इन्स्पेक्टर बिनुकुमारीविरुद्ध पक्राउ पुर्जी जारी

निलम्बित इन्स्पेक्टर बिनुकुमारीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं। नेपाल प्रहरीकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाही विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

हनी ट्र्याप गिरोहसँग मिलेमतो गरेर व्यवसायीबाट रकम असुलेको आरोपमा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी भएपछि शाही फरार भएकी छन् । उनी ललितपुरस्थित प्रहरी प्रभाग, भैंसेपाटीमा तत्कालीन प्रमुख थिइन् ।

व्यवसायीलाई फसाउन इन्स्पेक्टर शाहीको सहयोग देखिएको छानबिन समितिको निष्कर्ष छ । इन्स्पेक्टर शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप छ । उनले त्यो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको आरोप छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका