जोडिनुहोस
  • होमपेज
  • कास्कीमा निषेधाज्ञा तोडेर रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल

कास्कीमा निषेधाज्ञा तोडेर रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल

पोखरा। जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा रास्वपाले प्रदर्शन गरेको छ। कास्की जिल्ला अदालत, शहीदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ।

निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भइरहेको छ। अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि पक्राउको विरोधमा शहीदचोकमा नाराबाजी गरिरहेका छन्।

निषेधित क्षेत्रबाट रास्वपा नेता कार्यकर्तालाई हटाउन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका