जोडिनुहोस
  • होमपेज
  • धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु

धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु

जनकपुरधाम। धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा हँसपुर नगरपालिका–६ टिल्हीका २२ वर्षीय अरबिन्दकुमार मण्डल रहेका छन्।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार सोमबार साँझ जेनेरेटरमा तार जोड्ने क्रममा ११ हजार भोल्टेजको बिजुलीको तारमा छुन गई मण्डलको मृत्यु भएको हो।

छिमेकीको पूजाको लागि जेनेरेटरको लाइन जोड्ने क्रममा ११ हजार भोल्टको तारमा छुन गई करेन्ट लागेको थियो। उद्धार गरेर तुरुन्तै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो।

मृतकको शव पोस्टमार्टमका लागि अहिले प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका