जोडिनुहोस
  • होमपेज
  • काठमाडौं महानगरले माग्यो डाक्टरदेखि कार्यालय सहयोगीसम्म १०८ जना जनशक्ति

काठमाडौं महानगरले माग्यो डाक्टरदेखि कार्यालय सहयोगीसम्म १०८ जना जनशक्ति

काठमाडौं। काठमाडौं महानगरपालिकाले करार सेवामा काम गर्नको लागि स्वास्थ्य तर्फका विभिन्न पदमा १०८ जना जनशक्ति माग गरेको छ।

महानगरपालिकाले आज सूचना जारी गर्दै आफू मातहतको स्वास्थ्य विभाग अन्तर्गत रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा करार सेवामा कामकाज गर्नको लागि जनशक्ति माग गरेको हो।

लोकसेवा आयोगबाट सिफारिस वा अन्यत्रबाट स्थायी प्रकृतिको कर्मचारी सरुवा भइ नआएसम्म यस आर्थिक वर्षको असार मसान्तसम्मको लागि कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ।

महानगरले आठौँ तहको मेडिकल अधिकृत (डाक्टर) पदमा चारजना माग गरेको छ। त्यसैगरी पाँचौँ तहको ल्याब टेक्निसियन २९ जना, फिजियोथेरापी असिस्टेन्ट ३२ जना, स्टाफ नर्स पाँचजना, फार्मेसी सहायक १० जना, रेडियोग्राफर एक, तथ्याङ्क सहायक एक र कार्यालय सहयोगी २६ जना गरी एक सय आठ जना कर्मचारी माग गरेको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन्। अनलाइन प्रणालीमार्फत पनि दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

हेर्नुहोस् सूचना 

Screenshot 2024 10 23 072018 ZGML0hWGMa

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका