जोडिनुहोस
  • होमपेज
  • विद्युत प्राधिकरण सञ्चालक समिति बैठक निर्णयविहीन, ६ अर्ब ४३ करोड बक्यौता कसरी असुल होला?

विद्युत प्राधिकरण सञ्चालक समिति बैठक निर्णयविहीन, ६ अर्ब ४३ करोड बक्यौता कसरी असुल होला?

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठक निर्णयविहीन भएको छ।

बैठकमा ऊर्जामन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष दीपक खड्काले बक्यौता नतिरेका उद्योगहरूको लाइन नकाट्ने निर्णय गर्नुपर्ने प्रस्ताव राखेका थिए।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै न कुनै निकायको लिखित निर्देशनबिना त्यस्तो निर्णय गर्न नसकिने बताएका थिए। लिखित निर्देशन दिन कोही पनि तयार नभएपछि बैठक निष्कर्षविहीन भएको सञ्चालक समितिका एक सदस्यले जानकारी दिए।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइन बाट विद्युत उपभोग गरेका ४९ उद्योगलाई बक्यौता तिर्न दिएको समय बिहीबार (कात्तिक ८ मा) सकिँदै छ। गत असोज २४ गते फूलपातीका दिन प्राधिकरणले एक सूचना प्रकाशित गरी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गर्दै सो समयभित्र नबुझाए कानुनी प्रक्रिया थालिने चेतावनी दिएको थियो।

अहिलेसम्म कुनै पनि उद्योग बक्यौता तिर्न आएका छैनन्। बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने प्राधिकरणको तयारी छ। विद्युत् प्राधिकरणले ६ अर्ब ४३ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका