जोडिनुहोस
  • होमपेज
  • ८ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्रका सहायक हवल्दार र जवान पक्राउ

८ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्रका सहायक हवल्दार र जवान पक्राउ

दाङ। दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरीका अनुसार दाङको राप्ती गाउँपालिका–१ भालुवाङस्थित २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्रका सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर पक्राउ परेका हुन्।

दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनीहरूलाई बुधबार पक्राउ गरिएको सशस्त्र प्रहरीका केन्द्रीय सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

यो घटनाबारे सशस्त्रले आफै अनुसन्धानका लागि पठाएको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले बताए। दसैंको समयमा, असोज २४ गते बेलुकीपख गण नजिकै पिङ खेल्न गएका ८ वर्षीया र १४ वर्षीया बालिकामाथि अपरिचित व्यक्तिले बलात्कार गरेको भन्दै पीडितका आफन्तले सोही रात प्रहरीलाई सूचना दिएका थिए।

सूचना पाएलगत्तै प्रहरीले अनुसन्धान थाले पनि बलात्कारमा संलग्न भनिएका व्यक्तिको पहिचान हुन सकिरहेको थिएन। प्रहरीले लामो समयसम्म पनि दोषी पहिचान गरी नियन्त्रणमा लिन नसकेको भन्दै स्थानीयले विरोध गरेका थिए।

बुधबार त स्थानीयले भालुवाङ बजार बन्द गराउनुका साथै त्यहाँको सशस्त्र प्रहरीको २९ नम्बर ज्वालामाई गणमासमेत घेराउ गर्दै आरोपितलाई नजोगाउन माग गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका