जोडिनुहोस
  • होमपेज
  • गोरखा ग्रुप अफ कम्पनीका सञ्चालक रामबहादुर खनाल पक्राउ

गोरखा ग्रुप अफ कम्पनीका सञ्चालक रामबहादुर खनाल पक्राउ

काठमाडौं। ठगी तथा संगठित अपराध मुद्दामा फरार रहेका नेचर हवर्स इन्टरनेशनल प्रालि र गोरखा ग्रुप अफ कम्पनीका सञ्चालक एवं शेयरधनी रामबहादुर खनाल पक्राउ परेका छन् ।

खनाललाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो ।

कृष्णप्रसाद जैसी समेतको जाहेरी र प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी रवि लामिछानेसमेत भएको सूर्यदर्शन बचत तथा ऋण सहकारीमा रकम ठगी तथा संगठित अपराध सम्बन्धी कसुर मुद्दामा खनाललाई आज पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

सीआईबीका अनुसार पक्राउ परेका खनाललाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको छ ।

Pakrau 1729853100

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका