जोडिनुहोस
  • होमपेज
  • तुलसीपुर उपमहानगरपालिकाद्वारा ६ करोड राजश्व सङ्कलन

तुलसीपुर उपमहानगरपालिकाद्वारा ६ करोड राजश्व सङ्कलन

दाङ। तुलसीपुर उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८१÷८२ को तीन महिनामा रु ६ करोड राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउन,भदौ र असोजमा सो परिमाणको राजश्व सङ्कलन गर्न सफल भएको उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख पुष्पलता घर्तीले जानकारी दिइन् ।

उनका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा सो अवधिमा रु तीन करोड ५० लाख मात्र राजश्व सङ्कलन भएको थियो ।चालु आर्थिक वर्षमा विगत वर्षभन्दा राजश्व वृद्धि हुने अनुमान गरिएको प्रमुख घर्तीले बताइन् । हालसम्म उल्लेख्य रुपमा राजश्व संकलन भएको उनले बताइन् ।

राजश्व चुहावट रोक्नुका साथै सरसफाई, व्यवसायलगायतमा कर लिन थालिएकाले राजश्व बढ्ने अनुमान गरिएको उनको भनाइ छ ।चालु आर्थिक वर्षमा रु ५० करोड राजश्व सङ्कलन गर्ने लक्ष्य रहेको प्रमुख घर्तीले बताइन् ।

गत आथिक वर्षमा रु ३६ करोड राजश्व सङ्कलन भएको थियो । चुहावट रोक्ने तथा करको दायरा फराकिलो बनाउनेतर्फ उपमहानगरपालिकाले जोड दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका