जोडिनुहोस
  • होमपेज
  • आज २०८१ साल कात्तिक ११ गते आइतबारको राशिफल

आज २०८१ साल कात्तिक ११ गते आइतबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दैनिकी सामान्य छ। ठुलो योजनामा वा काममा हात नहालेको राम्रो हुन्छ। जटिल परिस्थिति देखिए पनि परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः समय राम्रो छ। श्रम गरेको क्षेत्रबाट प्रगति हुनेछ। स्वास्थ्य, शिक्षा र रोजगारीमा सामान्य लाभ मिल्नेछ। स्वदेशी लगानीबाट फाइदा हुने योग छ।

मिथुनः दिन संघर्षपूर्ण छ। कुरा काट्नेहरु बढ्नेछन्। ठूला उद्योगमा हात नलगाउनु राम्रो हुन्छ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः विवाद बढ्नेछ। सामाजिक सेवामा मन जानेछ। परिवारको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। प्रविधिको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

सिंहः कुनै योजना भए गोप्यता कायम गर्नु राम्रो हुनेछ। पारिवारिक खटपट हुने योग रहेकाले बोल्दा ख्याल गर्नुपर्ने दिन छ। सोचेको काम नबन्ने जोखिम छ।

कन्याः शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। साथीले दिएको राम्रो सल्लाह अनुसार अगाडि बढ्नु उचित हुन्छ। परिवारको साथ मिल्नेछ। बन्धुको साथ लिएमा फाइदा होला।

तुलाः आफ्नो प्रभाव विस्तार हुनेछ। तपाईंका खुट्टा तान्ने व्यक्तिसँगसँगै भएकाले व्यवहारमा विशेष ध्यान दिनुपर्ने दिन छ। शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। पश्चिमको लामो यात्रामा नगर्नु राम्रो हुन्छ। परिवारमा तपाईंको बोली नबिक्ने भएकाले चुपचाप काम गर्नुपर्ने समय छ।

धनुः आइसकेको अवसर गुम्ने जोखिम छ। खर्च बढ्ने खतरा छ। वैदेशिक लगानीबाट फाइदा मिल्नेछ। परिवारको साथ रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः दाजुभाइसँग सहकार्य गरेमो आम्दानी बढ्नेछ। अधुरा काम बन्नेछन्। गुम्न लागेको धन फिर्ता हुने योग छ। आज गरेको लगानीबाट उत्साह मिल्नेछ। प्रेममा सफलता प्राप्त हुनेछ।

कुम्भः दाजुभाइसँगको सहकार्यमा सफलता मिल्नेछ। झुठा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। परिवारमा विवाद बढ्नेछ। साथीसँगको मनमुटावले दिन खराब बन्नसक्छ। कम बोलेर फाइदा लिन सक्नुहुन्छ।

मीनः काम बन्ने योग छ। स्वास्थ्यमा सुधार हुने देखिन्छ। शिक्षामा सफलता प्राप्त होला। आम्दानी बढ्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका