जोडिनुहोस
  • होमपेज
  • नवलपुरमा जङ्गली च्याउको तरकारी खाँदा एकै घरका ५ जना बिरामी

नवलपुरमा जङ्गली च्याउको तरकारी खाँदा एकै घरका ५ जना बिरामी

नवलपुर। नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीका एकै घरका पाँच जना जङ्गली च्याउको तरकारी खाँदा बिरामी परेका छन्।

च्याउ खाँदा ४८ वर्षीय बाबुलाल राजवंशी, ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षका मदन राजवंशी र ९ वर्षीया रिदिमा राजवंशी बिरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

धनमाया राजवंशीले जङ्गलबाट टिपेर ल्याएको च्याउको तरकारी गएराति पकाएर खाएका उनीहरूमा बान्ता हुने, रिँगटा लाग्ने जस्ता लक्षण देखिएको थियो।

बिरामी परेका सबैलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। उनीहरु सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका