जोडिनुहोस
  • होमपेज
  • काठमाडौंको रानीवनबाट पेस्तोलसहित युवक पक्राउ

काठमाडौंको रानीवनबाट पेस्तोलसहित युवक पक्राउ

काठमाडौं। काठमाडौंबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन्। नागार्जुन नगरपालिका–१६ रानीवनस्थित नमुनाटोलबाट शनिबार राति ती युवकलाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका–७ स्थायी ठेगाना भएका २५ वर्षीय अनिल खड्का रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए।

ती व्यक्तिले पेस्तोल देखाएर स्थानीयलाई त्रसित बनाउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी सुरु गरेको थियो।

सोही सूचनाको आधामा प्रहरीले ती युवाको डेरामा खानतलास गर्दा प्रहरीले ‘अटो पिस्तोल यूएसए ६५ नं १’ लेखिएको पेस्तोल र खाली म्यागजिन बरामद गरेको हो।

प्रहरी वृत्त स्वयम्भूबाट यसबारे थप अनुसन्धान भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका