जोडिनुहोस
  • होमपेज
  • काठमाडौंबाट दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखेको सूचना आएपछि…

काठमाडौंबाट दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखेको सूचना आएपछि…

काठमाडौं। काठमाडौंबाट भारतको नयाँदिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम राखेको अज्ञात समूहले सूचना दिएपछि चेकजाँच सुरु भएको छ ।

दिल्ली उडान गर्न लागेको एयर इन्डियाको जहाजमा भारतबाट अज्ञात समूहले बम राखेको सूचना दिएको हो । विमानमा बमको हल्ला भएपछि सुरक्षा निकायले चेकजाँच गरिहेको विमानस्थल प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए ।

सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको जहाजमा बम रहेको हल्लापछि नेपाल प्रहरी, नेपाली सेनाले सुरक्षा जाँच गरिरहेको निरौलाले जनाए । यसअघि गएको कात्तिक ६ गते पनि भारतको नयाँदिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको जहाजमा बम राखेको हल्लापछि खानतलासी गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका