जोडिनुहोस
  • होमपेज
  • एमालेलाई दिइएको जग्गा दानविरुद्धको मुद्धामा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

एमालेलाई दिइएको जग्गा दानविरुद्धको मुद्धामा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं। नेकपा एमालेको नयाँ पार्टी कार्यालय निर्माणका लागि कीर्तिपुरमा दानमा दिएको जग्गा विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा अन्तरिम आदेश जारी भएको छ ।

पार्टी कार्यालय निर्माणका लागि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विवादमा न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्च अदालतले छलफलका लागि आउन समेत भनेको छ ।

अधिवक्ता ज्ञानबहादुर बस्नेतले नेकपा एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते काठमाडौंको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका