जोडिनुहोस
  • होमपेज
  • पोखराको लेकसाइडमा रहेको सरोवर होटलमा आगलागी

पोखराको लेकसाइडमा रहेको सरोवर होटलमा आगलागी

कास्की। पोखराको लेकसाइडस्थित सरोवर होटलमा आगलागी भएको छ।

होटल सरोवरको पहिलो तलामा रहेको स्टोर र स्पामा आगलागी भएको सशस्त्र प्रहरी बल कालिका गण कास्कीका गणपति (एसपी) अरुणकुमार शर्माले जानकारी दिए।

आज बिहान स्पामा विद्युत सर्ट हुँदा आगलागी भएको उनले बताए। कालिका गणबाट १५ जनाको टोली र बैदाम वडा कार्यालयबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो।

आगलागीबाट मानवीय क्षति केही भएको छैन्। अन्य क्षतिको विवरण भने नआइसकेको एसपी शर्माले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका