जोडिनुहोस
  • होमपेज
  • साम्बाको तस्बिर फेसबुकमा राख्दै बालेनले दिए लक्ष्मी पूजाको शुभकामना

साम्बाको तस्बिर फेसबुकमा राख्दै बालेनले दिए लक्ष्मी पूजाको शुभकामना

काठमाडौं। आज लक्ष्मी पूजा । ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदै छ।

सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ। यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।

सामाजिक सञ्जालमा धेरैले लक्ष्मी पूजाको शुभकामना दिइरहेका छन्। काठमाडौं महानगरका मेयर बालेन शाहले पनि लक्ष्मी पूजाको शुभकामना दिएका छन्।

उनले नेपाली महिला फुटबलर सावित्रा भण्डारी साम्बाको तस्बिर सामाजिक सञ्जालमा राख्दै लक्ष्मी पूजाको शुभकामना दिएका छन्। साम्बालाई बालेनले ‘हाम्री लक्ष्मी’ भनेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका