जोडिनुहोस
  • होमपेज
  • फूलको माला किन्नेहरूको भिड

फूलको माला किन्नेहरूको भिड

काठमाडौं। नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै सयपत्री फूलको माला बिक्री वितरण सुरु भएको छ। कालीमाटी, भृकुटीमण्डप, बालाजु लगायतका स्थानमा सयपत्री फूलको बिक्री वितरण उल्लेख्य रहेको छ।

घरको झ्याल ढोकामा लगाउनका लागि गाउँ–गाउँबाट सयपत्रीको माला काठमाडौं उपत्यकामा भित्रिएको छ। केही वर्ष अघिसम्म मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री भारतबाट आयात गर्नुपर्ने अवस्था थियो।

तर पछिल्लो वर्षहरूमा भने नेपाल सयपत्री फूलमा आत्मनिर्भर हुँदै आएको छ। मखमली, गोदावरी र सयपत्री स्वदेशमै पर्याप्त मात्रामा उत्पादन हुन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका