जोडिनुहोस
  • होमपेज
  • बलात्कार मुद्दामा ७ वर्ष कैद तोकिएका युवक पक्राउ

बलात्कार मुद्दामा ७ वर्ष कैद तोकिएका युवक पक्राउ

काठमाडौं। बलात्कार मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–१० पचेहरा बस्ने ३८ वर्षीय त्रियुगी केवट छन्। उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले पक्राउ गरेको हो।

बलात्कार मुद्दामा उनलाई २०८० असोज २५ मा ७ वर्ष कैद सजाय तोकिएको थियो। फरार केवटलाई पचेहराबाटै पक्राउ गरिएको कपिलवस्तुका एसपी निरञ्जन भट्टराईले बताए।

उनलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका